पलैटेकाे सुर्यप्रकाशमा खेलकुद सप्ताह सुरु,

पञ्चपुरी नगरपालिका वडा नं २ पलैटे सुर्खेतमा आज देखि खेलकुद सप्ताह सुरु भएको छ । सुर्यप्रकाश माद्यामिक बिद्यालय पलैटेले सप्ताहकाे एक कार्यक्रमका बिच उद्घाटन गरेकाे छ ।
खेलकुद सप्ताह अबधिभर विभिन्न सदनका बिद्यार्थी हरुबिच विभिन्न बिधामा प्रतियोगिता हुने बिद्यालयले जनाएको छ । एथलेटिक्स, भलिबल, कबड्डी, लगाएतका खेलकुद संचालन गरिने बिद्यालयका प्रधानाध्यापक टिकाराम बास्ताेलाले जानकारी दिनुभएको छ ।
खेलकुद सप्ताहले आगामि दिनमा छनाैट हुन लागेकाे राष्ट्रपति रनिङ्ग शिल्ड छनाैटकाे लागि सहज हुने समेत बास्ताेलाले बताउनुभएको छ । सप्ताहकाे उद्घाटन गर्दै पञ्चपुरी नगरपालिका वडा नं २ का अध्यक्ष यामबहादुर बिसीले स्वास्थ्यका लागि खेलकुद महत्त्वपूर्ण भएको र स्वस्थ्य रहन खेलकुद अनिवार्य भएको बताउनुभएको छ । साथै बिसीले खेलकुदमा सहभागी हुने सबै खेलाडीहरुलाई अनुशासनमा रहि खेल प्रदर्शन गर्न समेत आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...