सुर्खेतको पञ्चपुरी नगरपालिकामा मंसिर १९, २० र २१ गते रास्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता हुने भएको छ । पञ्चपुरी नगरपालिका शिक्षा युवा तथा खेलकुद बिकास शाखाको हिजो बसेको बैठकले सो निर्णय गरेको हो ।
स्थानिय तह स्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन अनुसार रास्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता पञ्चपुरी २ को पलैटेमा रहेको सुर्यप्रकाश माद्यामिक बिद्यालयको प्राङ्गणमा हुने भएको हो ।
नगरपालिका भित्र संचालनमा रहेका माध्यमिक बिद्यालय हरुलाई सहभागिताको लागी सुचना मार्फत जानकारी गराइएको नगरशिक्षा शाखा प्रमुख गोकर्ण नाथ योगीले जानकारी दिनुभएको छ ।
