१० मंसिर, सुर्खेत
सुर्खेतको पञ्चपुरी नगरपालिका ६ मा रहेको समूह प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको छ । आज एक कार्यक्रमका बीच विद्यालयका १ सय भन्दा बढी विद्यार्थीलाई पोशाक वितरण गरिएको हो । पञ्चपुरी वडा नम्बर ६ को कार्यालय बाबियाचौरको १५ हजार त्यसैगरी दीपक दर्लामी पञ्चपुरी नगरपालिका हाल कोरिया रु १० हजार नरेश देवकोटा पञ्चपुरी ६ हाल कोरिया रु ५ हजार कमल कार्की पञ्चपुरी ५ हाल कोरिया रु ५ हजार बिनोद बजगाईं, पञ्चपुरी ५ हाल कोरिया रु ३ हजार हेमन्त कार्की पञ्चपुरी ६ हाल कोरिया रु ५ हजार सहयोग गर्नुभएको छ ।

त्यसैगरी वडा नम्बर ६ हाल अस्ट्रेलियामा रहेका नेत्र देवकोटाबाट ६ हजार अर्जुन खराल बाबियाचौरबाट रु १० हजार र दैलेख का नवीन बिसी बाट रु १० हजार सहयोग प्राप्त भएको छ । विद्यालयमा भएका विद्यार्थीहरूलाई पोशाक वितरण गर्दै पञ्चपुरी वडा नम्बर ६ का कार्यवाहक अध्यक्ष कर्णबहादुर तारामीले सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै विपन्न समुदाय भएको उक्त विद्यालय सेवा क्षेत्रभित्रका बालबालिकालाई पोशाक उपलब्ध यसअघि पनि आफूले गराउँदो गराएको स्मरण गराउँदै आवश्यक वडाको तर्फबाट पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
त्यसैगरी विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बिष्टले विद्यालयको सेवा क्षेत्रभित्रका धेरै अभिभावकहरु विभिन्न ठाउँमा गएर ज्याला मजदुरी गरी काम गर्ने गरेको हुँदा आर्थिक अवस्था कमजोर भएको बताउनुभयो । साथै उहाँले विद्यालयको पोशाक बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । कार्यक्रममा शिक्षा शाखा प्रमुख तुलसी पुरी वन वडाका जनप्रतिनिधि लगायत अभिभावकहरूको उपस्थित रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र देवकोटाको अध्यक्षतामा सम्पन्न भएको हो ।











