बरैचे खानेपानी आयोजनाको अध्यक्ष पदमा तिवारी बिजयी,

बरैचे खानेपानी तथा सरसफाइ उपभोक्ता समिति पञ्चपुरी ४ बरैचे सुर्खेतको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ । सर्वसम्मत कार्यसमिति चयनका लागि प्रयास गरिए पनि सहमति हुन नसक्दा आज निर्वाचन भएको हो ।
जम्मा ८ सय १२ जना मतादाता रहेकोमा ४ सय ९ मत खसेको निर्वाचन उपसमितिका सदस्य शुरेन्द्र शाहीले जानकारी दिनुभएको छ । अन्तीम मत परिणाम अनुसार लालिगुरास चुनाव चिन्ह सहित हरिलाल तिवारी २२३ मत प्राप्त गरि अध्यक्ष पदमा बिजयी भएका छन । उनका निकटतम प्रतिद्धन्दी डाँफे चुनाव चिन्ह सहित कृष्णराज तिमिल्सिनाले १६५ मत प्राप्त गरेका छन भने २१ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...