सुर्खेत
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत आज पञ्चपुरीको वडा नं २ पलैटेमा र्याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा इन्सेक कर्णाली प्रदेश, आवाज संस्था, कारितास नेपाल, र USAID / ARH परियोजनाको समन्वयमा कार्यक्रम गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा लैङ्िगक हिंसा, १६ दिने अभियानको महत्व उदेश्य बारेमा जानकारी दिईएको छ । कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिका वडा नं २ का अध्यक्ष यामबहादुर बिसीले हिंसा जुनसुकै अवस्थामा जहा पनि हुने भएको हुदा यसको अन्त्यका लागि निरन्तर लाग्नुपर्ने आवश्यकता औल्याउनु भएको छ ।
साथै उहाले १६ दिने अभियान समुदायमा सचेतना प्रदान गर्ने समय भएको र यसको निरन्तरताको लागि सबैले आ आफ्नो ठाउवाट एकजुट हुन आवश्यक रहेको समेत बताउनुभएको छ । कार्यक्रममा जनप्रतिनिधि, महिला समुह, प्रहरी, महिला स्वास्थ्य स्वयंसेविका, संघ संस्थाका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियोे ।