“म जनताको सेवक र बिकासको चौकिदार हुँ” नेता थानी,

नेपाली काङ्ग्रेस सुर्खेत क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य हृदयराम थानीले आफु जनताको सेवक र बिकासको चौकिदार रहेको बताएका छन । सुर्खेतको पञ्चपुरीमा आज भएको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा थानिले सो कुरा बताएका हुन ।
जनताले दिएको प्रत्येक मतको कदर गर्दै अवको ५ बर्ष भित्र पश्चिमका नागरिकहरुको बिकासका हरेक समस्या पूरा गर्ने प्रतिबद्धता समेत जनाएका छन । पश्चिमका नागरिकहरुको प्रमुख माग र आबश्यकता बाटो र बिजुलि भएको हुदा पहिलो प्राथमिकता बाटो र बिधुत नै हुने बताएका छन ।

बिकास गर्नको लागि बजेट भएर मात्रै नहुने र यसको दिगोपना र गुणस्तरीयताका लागि खवरदारी पनि महत्त्वपूर्ण रहने उनको भनाइ रहेको छ । कार्यक्रममा थानिले जनताले आफुलाई यस पटक भोट दिएर पास गराएको हुदा बिकास देखिने गरि नमुना पश्चिम बनाउन रातदिन नभनि लागिपर्ने समेत बताएका छन ।

कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य बिन्दमान बिष्टले ५ बर्षको अवधिमा पश्चिमका नागरिकहरुको समस्या र आबश्यकता पहिचान गरि बिकासको सुरुवात गरिएको बताएका छन । अव आफ्नो कार्यकालमा पश्चिम सुर्खेत बिकासका हिसाबले कायापलट गरिने समेत बताएका छन । प्रदेश र संघमा सहकार्य गरेर बिकासका लागि सधैं अघि बढ्नेमा बिष्टले जनताका बिच प्रतिबद्धता समेत गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...