१० मंसिर, सुर्खेत
लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान आज तुर्माखाँद गाउँपालिका अछाममा सुरु गरिएको छ । कार्यक्रममा गाउपालिका उपाध्यक्ष बिमला कुमारी शाहीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा वडा नं ४ वडा अध्यक्ष पदम बहादुर बि. सी, वडा न. ५ का अध्यक्ष महेन्द्र बहादुर शाही, गाउँ कार्यपालिका सदस्य दमन घतीर्, नि. प्रमख प्रशासकीय अधिकृत चक्रदेव भट्ट लगाएत विभिन्न शाखाका शाखा प्रमुख, राजनीति दलका प्रतिनिधी लगाएतको उपस्थित रहेको थियो ।
कार्यक्रममा भएको बक्तृत्वकलामा कालिकेश्वरी माध्यामिक बिद्यालय नाडा हेमलता जैशी प्रथम, तोषी माध्यामिक बिद्यालयका बिन्दु देवकोटा द्धित्तिय, सुर्य माध्यामिक बिद्यालय भुलु पवित्रा शाही तृतिय कामेश्वरी माध्यामिक बिद्यालय रानिवनका गायत्री न्यौपाने सान्तवना भएका छन । कार्यक्रम संञ्चालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख बसन्ती शाहीले गर्नु भएको हो ।













