१० मंसिर, सुर्खेत
भोलिदेखि सुर्खेतको पञ्चपुरीमा सञ्चालन हुने पाँचौं मेयर कप को तयारी पुरा भएको छ । पञ्चपुरी खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको भोलि दिउँसो १२ बजे उद्घाटन हुने आयोजकले जनाएको छ । प्रत्येक वर्ष प्रतियोगिता सञ्चालन गर्दै आएको समितिले यस वर्ष वडा स्तरीय पुरुष फुटबल र महिला भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
बाबियाचौरको बिपी रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा पुरुष फुटबलतर्फ ११ वटा टिमको सहभागिता रहेको छ । त्यसैगरी महिला भलिबल तर्फ सातवटा टिमको सहभागिता रहेको खेलकुद विकास समितिका संयोजक कृष्ण रावलले जानकारी दिएका छन् । प्रतियोगिताको उद्घाटन नगरप्रमुख लालवीर भण्डारीद्वारा गरिने आयोजकले जनाएको छ ।
