ग्लोबल एक्सन मन्थ तथा अन्तराष्ट्रिय बाल दिवसको अवसरमा आज बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । आवाज संस्था सुर्खेतको आयोजना र सुर्यप्रकाश माद्यामिक बिद्यालय पञ्चपुरी २ पलैटेकोे समन्वयमा बालबालिकाको वातावरणिय अधिकार बिषयमा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरिएको हो ।
प्रतियोगितामा सृष्टि रावत प्रथम, शुभेच्छा लोहार द्वितीय, बिबेक भण्डारी तृतीय र सान्त्वना बिष्णु कँडेल र कम्पौसा लोहार भएका छन । बिजेता लाइ स्टेसनरी पुरस्कार बितरण गरिएको छ । कार्यक्रम बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष नबिन थापाको अध्यक्षतामा सम्पन्न भएको आवाज संस्थाका सामाजिक परिचालक तुलसी खनालले जानकारी दिनुभएको छ ।