सुर्खेतबाट २ जना पूर्वमन्त्री र जिल्ला सभापति महाधिवेशन प्रतिनिधिमा पराजित,

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सुर्खेतमा सम्पन्न क्षेत्रीय अधिवेशनबाट दुई जना पूर्वमन्त्री महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

सुर्खेत-२ बाट पूर्वमन्त्री शिवराज जोशी र पूर्वराज्यमन्त्री खड्गबहादुर बस्याल महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।

जिल्ला सभापति कमलराज रेग्मी महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् । उनले ३२० मत मात्रै पाएका छन् ।

तीन पटक मन्त्री भएका जोशीले ३१० मत मात्रै पाएका छन् । केन्द्रीय महाधिवेशनतर्फ खुला १० जना प्रतिनिधिमा प्रतिस्पर्धा गरेका उनी १३ औं नम्बरमा आए । त्यस्तै केन्द्रीय महाधिवेशनमा दलिततर्फ उम्मेदवार बनेका बस्यालले ३०२ मत मात्रै पाए । उनलाई लोकबहादुर विश्वकर्माले पराजित गरेका हुन् । विजयी विश्वकर्माले ४७३ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

सुर्खेतमा महामन्त्री पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य हृदयराम थानीले छुट्टाछुट्टै प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए । १४ औं महाधिवेशन अन्तर्गत वडाअधिवेशनदेखि नै थानी निकट समूह सुर्खेतमा कमजोर देखिएको छ । जिल्ला सभापति रेग्मी केन्द्रीय सदस्य थानी निकट हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...