नेपाली काङ्ग्रेस सुर्खेत निर्वाचन क्षेत्र नं २ को सभापतिमा रावल बिजयी,

नेपाली काङ्ग्रेस सुर्खेत निर्वाचन क्षेत्र नं २ को सभापतिमा इन्द्र रावल बिजयी भएका छन ।
सभापतिका उम्मेदवार रावलले को ४ सय ८६ मत प्राप्त गरी बिजयी भएका छन भने ललित भट्टराइको २ सय ८८ मत प्राप्त भएको छ ।

त्यस्तै सचिवमा दिलिपकुमार वाग्ले ४ सय ९९, र बलबहादुर बिष्टले ५सय १४ मत प्राप्त गरी बिजयी भएका छन । त्यसैगरी सह सचिवमा गगन बहादुर नेपाली ४ सय ९३ र शेरबहादुर अधिकारीले ४ सय ९९ मत प्राप्त गरी बिजयी भएका छन ।

जम्मा ८ सय ६७ मतदाता रहेको केन्द्रमा ८ सय २४ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उपेन्द्रबहादुर थापा (५०१), कलमबहादुर खड्का (४५७) कालीप्रसाद शाक्य (४६२), टोपबहादुर रावत (४९५), तिर्थजंग शाही (४६५), नारायणप्रसाद सापकोटा (४१९), निरञ्जन केशी (४३९), यज्ञबहादुर बुढाक्षेत्री (४९८) विष्णुबहादुर खड्का (५००) र श्यामकुमार भारती (४६०) मत ल्याएका छन् । थापा पञ्चपुरी नगरपालिकाका मेयर र बुढाक्षेत्री पूर्व मन्त्री हुन् ।

केन्द्रीय महाधिवेशन प्रतिनिधि महिलातर्फ जानकी सिंह (४५९), धनादेवी विष्ट (४५७), मुक्तीदेवि पुरी (रेग्मी) (४३८), रुकमणि रेग्मी (४२४), खसआर्य पुरुषतर्फ डिल्लीराम पाठक (५००), देवकुमार सुवेदी (५१६), विवेक आचार्य (४७०), महिलातर्फ जयमाला योगी (४७३), हजुरा शाही (४७६), आदवासी जनजाती पुरुषतर्फ पूर्णबहादुर राना (४५६), आदिवासी महिलातर्फ अमृता पुलामी मगर (४८६), दलितमा लोकबहादुर विश्वकर्माले (४७३), शान्ति पहाडी (४९३) र मुश्लिममा सतार बक्स (४८६) मत ल्याएर विजयी भएका हुन् ।

प्राप्त मत परिणाम बिबरण`

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...