बराहताल भित्रका कम्प्युटर शिक्षकहरूका लागि आइसिटी तालिम सम्पन्न

७ मंसिर, सुर्खेत ।
बराहताल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा कुनाथरी सुर्खेतको आयोजनामा विद्यालयका कम्प्युटर शिक्षकहरूका लागि आइसिटी सम्बन्धी पाँच दिने क्षमता विकास तालिम आज बराहतालमा सम्पन्न भएको छ ।
गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयका शिक्षकहरूको उपस्थितिमा मङ्सिर ३ गतेदेखि तालिमको सुरुवात गरिएको थियो । तालिममा विद्यालयमा कम्प्युटरको महत्त्व यसको प्रयोग र शिक्षकहरूले कम्प्युटरमा विद्यालयका राख्ने तथ्याङ्कहरूको बारेमा जानकारी दिएको छ । तालिमको समापन गर्दै बराहताल गाउँपालिका अध्यक्ष भीमबहादुर भण्डारीले विद्यालयहरूलाई प्रविधिमैत्री बनाउँदै शैक्षिक गुणस्तरलाई वृद्धि गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।
साथै उहाँले अहिले कम्प्युटर सबैको लागि अति आवश्यक भएको हुँदा विद्यालय स्तरमा नै कम्प्युटरको ज्ञान दिन सकेपछि मात्र शिक्षामा परिवर्तन आउने बताउनु भएको छ । भण्डारीले तालिममा सिकेको सीपलाई व्यवहारमा लागू गर्न सबैलाई आग्रह समेत गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...