सुर्खेत । सुर्खेतको निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ। दुइ निर्वाचन क्षेत्र रहेको सुर्खेतमा आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक लाख २२ हजार ६ सय ७४ मतदाता रहेकोमा ६२ दशमलव १० प्रतिशत मत अर्थात ७६ हजार एक ८३ मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
जसमा प्रेदशसभा (क) मा ४४ हजार पाँच सय र (ख) मा ३१ हजार ६ सय ८३ मत खसेको हो। सुर्खेत २ मा गठवन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि कांग्रेसका हृदयराम थानी र नेकपा एमालेका जिल्ला अध्यक्ष अमृतकुमार बिसी उम्मेदवार बनेका छन् भने प्रदेशसभा (क) मा गठवन्धनबाटै कांगेसका कालिप्रसाद शाक्य र एमालेका स्थायी कमिटी सदस्य एवम् प्रदेश इन्चार्ज यामलाल कँडेल उम्मेदवार बनेका छन्।
यस्तै प्रदेश (ख) मा गठवन्धनका तर्फबाट माओवादीका विन्दमान विष्ट, नेकपा एमालेका ताराकेशर गौतम र नेकपा एकिकृत समाजवादीका मोहनसिंह बडुवाल उम्मेदवार बनेका छन्।