ग्लाेवल एक्सन महिनाकाे अवसरमा अावाज संस्था सुर्खेतले विभिन्न कार्यक्रमकाे अायाेजना गरेकाे छ । समुदायमा रहेका महिला, बालबालिका र युवाहरुले पञ्चपुरीका विभिन्न ठाउमा विभिन्न कार्यक्रमकाे अायाेजना गरेका छन ।
पञ्चपुरीकाे १० र ११ तातापानीमा जनचेतनामूलक सडक नाटक, वडा ८ र ९ मा बक्तृत्वकला, भित्तेलेखन समेत गरिएको छ । त्यसैगरी वडा नं ७ काे छाप्रेमा बक्तृत्वकला गरिएको छ भने वडा नं २,३,४,५ र ६ मा भित्ते लेखन, घरदैलो तथा विभिन्न समुहमा समेत छलफल गरिएको छ ।
जलबायु परिवर्तनले मानव जीवनमा पर्ने असर यसकाे राेकथामका बिषयमा पनि छलफल गरिएको छ ।