४ मंसिर, सुर्खेत
सुर्खेतको बराहताल गाउँपालिकाले नागरिकहरूलाई सामाजिक सुरक्षाभत्ता घरमै पुगेर वितरण गर्न थालेको छ । गाउँपालिका अध्यक्ष भीमबहादुर भण्डारी सहितको टोलीले बराहताल गाउँपालिकाको वडा नम्बर ४ तरङ्गाबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ । जेष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षाभत्ता बुझ्नका लागि गाउँपालिका पुग्न समस्या भएको भन्दै कार्यालयले घरघरमै पुगेर सेवा दिन थालेको हो ।

गाउँपालिकाको कार्यालयले वडा नम्बर ४ बाट सुरु गरेको वितरण कार्य अन्य वडाहरुमा पनि क्रमश विस्तार गर्दै लैजाने अध्यक्ष भण्डारीले बताउनुभएको छ । जेष्ठ नागरिकहरूलाई घरमै पुगेर सामाजिक सुरक्षाभत्ता प्रदान गरेपछि नागरिकहरू समेत खुसी भएका छन् । गाउँपालिकाले यसअघि पनि जेष्ठ नागरिक लगायत अन्य नागरिकहरूको वडा वडा स्तरमा पुगेर स्वास्थ्य शिविर समेत सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले सोमबार बैंकका कर्मचारी, प्रहरी लगायत कर्मचारीहरूको सहभागितामा तरङ्गामा सामाजिकभत्ता सुरक्षा भत्ता वितरण गरेको छ ।