लिफ्टबाट सिचाइ सुरु भएपछि साजघाटका नागरिक खुसी,

सुर्खेतकाे बराहताल गाउपालिका ४ साजघाटकाे नागरिकहरु बाझाे जमिनमा सिचाइ सुबिधा भएपछि खुसि भएका छन । आज एक कार्यक्रमका बिच बराहताल गाउँपालिका वडा नः ४ साजघाटमा रिङगाउँ देखि वनबारि साजघाट लिप्ट सिचाइ आयोजनाको काम सम्पन्न भएपछि उद्घाटन गरिएको छ ।

बराहताल गाउपालिकाकाे आ.ब. २०७९/८० मा ४५ लाख र आ. ब. २०८०/०८१ मा ३० लाख बाट साे आयाेजना सम्पन्न भएको हाे । सिचाइ आयाेजनाले साजघाटका नागरिककाे आय आर्जनमा थप सहयोग पुग्ने गाउपालिका अध्यक्ष भिम भण्डारीले बताउनुभएको छ । लिफ्ट सिचाइ बाट करिब २०० घरका नागरिकको जमिनमा सिचाइ सुबिधा पुग्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...