नेपाली काङ्ग्रेसका उपसभापति पुर्ण बहादुर खड्काले देशमा स्थायी शान्ति ल्याउनको लागि गठबन्धन गरिएको बताउनु भएको छ । सुर्खेतको पञ्चपुरीमा आयोजना भएको नगरस्तरिय बाम लोकतान्त्रिक गठबन्धनको आमसभालाई सम्बोधन गर्दै खड्काले सो कुरा बताउनुभएको हो ।
देशको संबिधानको रक्षा गर्न र बिकासलाई तिब्र गतिमा अगाडि बढाउन गठबन्धनको जित आवश्यक रहेको प्रस्ट पार्नुभएको छ । कर्णालीको समग्र बिकास, राज्यले कर्णालीमा हेर्ने दृष्टिकोण परिवर्तन गर्न र बजेटमा कर्णालीले प्राथमिकता पाउनको लागि आफुले निरन्तर पहल गर्ने समेत खड्काले बताउनुभएको छ । त्यस्तै नेकपा माओवादीका तर्फबाट सुर्खेत क्षेत्र नं. २ (ख) का उम्मेदवार बिन्दमान बिष्टले अधुरा कामहरुलाई पुर्णता दिन र संबिधानको रक्षा गर्नको लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ ।
कार्यक्रममा नेपाली काङ्ग्रेस सुर्खेत क्षेत्र न.ं २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हृदयराम थानिले पश्चिम सुर्खेतका जनताको आँखामा देखिने गरि बिकास गर्न आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ । पश्चिमी जनताले बहुमतका साथ बिजय गराएमा पहिलो प्राथमिकता बड्डिचौर बेनिघाट सडकले पाउने बताउनुभएको छ । स्व. नेता तप्त बहादुर बिष्टले छोडेर गएका अधुरा बिकासलाई पूरा गर्दै कर्णाली प्रदेशकै नमुना क्षेत्र बनाउन आफु निरन्तर लागिरहने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
थानीले बर्षाैदेखि अन्धकारमा बसेका नागरिकलाई उज्यालो दिनको लागि बिधुतिकरण गरिने समेत बताउनुभएको छ । अब सधैं पश्चिमका जनता बिकासको अभावमै बस्नुपर्ने दिन मंसिर ४ गते देखि अन्त्य हुने र त्यसको लागि आफुलाई पश्चिमका नागरिकले बिजयी गराउनुपर्ने समेत उहाले मतदातालाइ आग्रह गर्नुभएको छ ।
नेकपा माओवादी केन्द्र पञ्चपुरीका अध्यक्ष केशव शाहीले संचालन गरेको कार्यक्रम नेपाली काङ्ग्रेस पञ्चपुरी नगर सभापति कृपाराम थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।