प्रदेशकाे गौरवको रूपमा रहेको प्रदेश रङ्गशाला बनाउन प्रदेश सरकार र निर्माण व्यवसायीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद् र निर्माण कम्पनी एमएसी–जीएसएल कम्पनीबीच आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका ८ मा निर्माण गरिने रङ्गशाला कम्पनीले २०८१ जेठ ११ गतेभित्र सम्पन्न गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ ।
एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार छ सय रुपैयाँ लागतमा सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता हस्ताक्षर भएको परिषद्ले जनाएको छ । अबको साढे दुई वर्षमा १० हजार दर्शक अट्ने क्षमताको रङ्गशाला निर्माण हुने परिषद्का उपाध्यक्ष प्रमोद हमालले जानकारी दिनुभयो । कर्णालीमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर निर्माण कार्य समयमै सम्पन्न गरिने उहाँले बताउनुभयो ।
ujyaalo