नेपाली काङ्ग्रेसकाे कार्तिक २७ गते हुने वडा स्तरकाे १४ औ महाधिवेशनका लागि पञ्चपुरीमा निर्वाचन अधिकृतहरु परिचालन गरिएको छ ।हिजाे बसेकाे अधिककृत हरुकाे बैठकले ११ ओटा वडामा हुने निर्वाचनमा १/१ जना मतदान अधिकृत र आवश्यकता अनुसार सहायक मतदान खटाउने भएको छ ।
जस अनुसार वडा १ मा मिलन कडेल, २ मा डिल्लिराम कंडेल, ३ मा गाेकर्ण रावत, ४ मा दिपक कुमार जाेशी, ५ मा मिनबहादुर रावल लाई खटाएकाे छ । त्यसैगरी वडा नं ६ मा लाेकबहादुर बुढा ७ मा पदम बहादुर बयक, ८ मा बुद्धिप्रसाद सापकाेटा, ९ मा ओम प्रकाश बास्ताेला, १० मा बिद्या प्रसाद ढकाल र ११ मा कमल बिक लाई खटाएको पञ्चपुरी शिक्षक संघका अध्यक्ष प्रेम बिष्टले जानकारी दिनुभएको छ ।
पञ्चपुरी काे वडा नं १ मा ५१ जना २ मा १२२ जना, ३ मा ९७ जना, ४ मा २१५ जना, ५ मा ३११ जना, ६ मा १७८ जना, ७ मा १४७ जना, ८ मा २३६ जना, ९ मा २१३ जना, १० मा १०३ जना र ११ मा ९४ जना गरि १६ सय ७७ मतदाता रहेका छन ।
मतदानका लागि २७ गते हासेगाउ बिद्यालय, सुर्यप्रकाश माद्यामिक बिद्यालय पलैटे, पाैरखि प्रा बि लगम, युवाज्याेति अावि बरैचे, शान्ति प्रा बि बाबियाचाैर, लेखकाेट च्युरी, जनजागृत आ बि दुलालथाई, जनता माबि बिद्यापुर, वडा १० र ११ काे नया हलमा मतदान केन्द्र ताेकिएकाे छ ।
मतदान गर्न आउदा परिचय खुल्ने नागरिकता वा मतदाता परिचय पत्र अनिवार्य ल्याउन निर्वाचन समितिले सबैलाई आग्रह गरेको छ ।