सुर्खेतकाे बराहताल गाउपालिकाले जाजरकोट भुकम्प पिडितका बालबालिकालाई निशुल्क ३० जना विद्यार्थीहरुलाई १८ महिने जेटिए (कृषि / पशु) र ३० जना विद्यार्थीहरुलाई ३ वर्षे डिप्लोमा (कृषि / पशु) बिज्ञान पढाउने भएको छ । गाउपालिकाले बराहताल गाउँपालिका वडा नं ५ मा रहेकाे जनज्योति माद्यामिक विद्यालयमा अध्ययन गर्न पाउने ब्यवस्था गरेकाे छ ।
बिहिबार राहत हस्तान्तरण गर्न जाजरकोट र रुकुम पश्चिम पुग्नुभएका गाउपालिका अध्यक्ष भिमबहादुर भण्डारीले राहत हस्तान्तरण गर्दै साे कुरा जानकारी गराउनुभएकाे हाे ।
गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिम जिल्लाका विभिन्न स्थानीय तहमा बिनाशकारी भुकम्प बाट मानवीय तथा भौतिक संरचनाको क्षेति भएका नागरिकहरूलाई पुन: स्थापन तथा भौतिक संरचनाको पुननिर्माण कार्यका लागि राहत स्वरुप नगद रु ५ लाख सहयोग समेत गरेकाे छ ।
जाजरकोटका लागि ३ लाख र रुकुम पश्चिमका लागि २ लाख रकम सहयाेग गरेकाे छ । गाउपालिकाले मृतक प्रती हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै घाइतेकाे शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेकाे छ।