भारतलाई १० विकेटले हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा

काठमाण्डाै – भारतलाई हराउँदै इङ्ग्ल्यान्ड टी–२० विश्व कप क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज बिहीवार भएकाे सेमिफाइनल खेलमा भारतलाई १० विकेटले हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा पुगेकाे हाे ।

भारतले दिएकाे एक सय ६९ रनकाे लक्ष्य इङ्ग्ल्यान्डले एक विकेट पनि नगुमाइ १६ ओभरमा भेटायाे । उसका लागि एलेक्स हेल्सले ८६ र जाेस बटलरले ८० रन बनाए ।

यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ६८ रन बनायाे । उसका लागि हार्दिक पान्डेयाले ६३ र विराट काेहलीले ५० रन बनाए । बलिङतर्फ क्रिस जाेर्डनले तीन विकेट लिए ।

अब इङ्ग्ल्यान्डले फाइनलमा आउँदाे आइतवार मेलबर्नमा पाकिस्तानसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...