सुर्खेतकाे चाैकुने गाउपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतमा गगन पाण्डे नियुक्त हुनुभएको छ । लामाे समयदेखि स्वास्थ्य सेवामा काम गर्दै अाउनुभएका पाण्डेले आज मंगलबार देखि पदभार ग्रहण गर्नु भएको छ ।
यसअघि प्रमुखका प्रमुख प्रशासकीय अधिकृत टेकेन्द्र बिसीलाई शिक्षा शाखाको जिम्मेवारी दिईएकाे छ । आज पदभार ग्रहण गर्दै पाण्डेले यसबर्षमा ४ अाेटा काम लाई प्रमुख प्राथमिकता दिएर काम गर्ने बताउनुभएको छ ।

पहिलाे काम कर्मचारी ब्यवस्थापन र कार्ययाेजना तयार, दाेस्राे उत्कृष्ट काम गर्ने कर्मचारीलाई मासिक रुपमा प्राेत्साहन गर्ने, तेस्रो प्रत्येक वडामा पुगेर वडा र कर्मचारीका समस्या पहिचान तथा समाधान गर्ने र चाैथाे काम गाउपालिकामा अाएकाे बजेट समयमै खर्च गर्ने र बिकासका कामलाई समयमै पूरा गर्ने बताउनुभएको छ ।
पाण्डेले २२ बर्ष सम्म स्वास्थ्य क्षेत्रमा रहेर काम गर्दै आउनुभएकाे थियोे ।