पञ्चपुरीको वडा नं ८ मा अन्तरक्रिया कार्यक्रम सम्पन्न,

सुर्खेत ।
ग्लोवल एक्सन मन्थ तथा अन्तर्राष्ट्रिय बाल दिवशको अवसरमा सुर्खेतको पञ्चपुरी ८ मा आज अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रमका सहभागीहरुले वडाका जनप्रतिनिधिहरुलाई प्रश्न गर्दै बालबालिकालाई बजेट बिनियोजन गर्न माग गरेका छन ।
उनिहरुले बालबालिकाहरुका समस्या धेरै भएको र यसका लागि वडा कार्यालयले योजना बनाउनपर्नेमा समेत जोडदिएका छन । पछिल्लो चरणमा बालबालिका कुलतमा फस्ने, बालबिबाह गर्ने, विभिन्न हिंसामा पर्ने गरेको हुदा त्यसका लागि स्थानीय तहले विशेष भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन ।
कार्यक्रममा विभिन्न सहभागी हरुको प्रश्न तथा जिज्ञासाको जवाफ दिदै वडा अध्यक्ष दिपक थापाले बालबालिकालाई यसपटक बजेटमा समेट्न नसकिएको र आगामी दिनमा योजना बनाएरै काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । साथै थापाले समुदायमा भएका समस्याहरुको समाधानका लागि विभिन्न सरोकारवाला निकाय संग समन्वय गरेर काम गर्ने समेत बताउनुभएको छ ।
कार्यक्रममा बिषयगत शाखाका प्रतिनिधि,राजनीति दलका प्रतिनिधि, सामुदायिक वन, ईलाका वनका प्रतिनिधि, प्रहरी, खानेपानी कार्यालयका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियोे । कार्यक्रमको सहजिकरण आवाज संस्थाका सहजकर्ता कल्पना नेपालीले गर्नुभएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...