सुर्खेत ।
ग्लोवल एक्सन मन्थ तथा अन्तर्राष्ट्रिय बाल दिवशको अवसरमा पञ्चपुरीमा हिजो सवारी सचेतना सम्वधी कार्यक्रम गरिएको छ । पञ्चपुरी नगरपालिकाको वडा नं ५, को बाबियाचौर बजारमा रहेका यात्रुहरुलाई सवारी सचेतना सम्बन्धि जानकारी दिईएको हो । आवाज संस्थाको सहयोग नगरपालिका, वडा कार्यालय, इलाका प्रहरी कार्यालय, युवा तथा महिला समूह, बजार ब्यवस्थापन समिति लगाएतको समन्वय र बाल सञ्जाको आयोजनामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सहभागीहरुले यातायातका सवारीसाधनमा सवारी दुर्घटना, ट्राफिक नियमको पालना, यातायातका सवारीसाधनमा हुने विभिन्न हिंसाको बारेमा सचेतना, सवारी गति सिमित लगाएतको बारेमा समेत जानकारी दिइएको छ । कार्यक्रममा सहभागिहरुले बजार क्षेत्रमा पार्किङ्गको ब्यवस्थापन राम्रो नभएको, बजारका फुटपाथ ब्यवस्थीत नभएको र बजारको क्षेत्रमा सवारी सम्बन्धी जानकारी नभएको हुदा दुर्घटनाको जोखिम बढ्न सक्ने बताएका छन ।
उनिहरुले बजार क्षेत्रको ब्यवस्थापनका लागि स्थानीय सरकारले तत्परता देखाउनुपर्ने बताएका छन । कार्यक्रममा स्थानीय सरोकारवाला निकाय, जनप्रतिनिधि, प्रहरी, बजार ब्यवस्थापन समितिका प्रतिनिधि, बालक्लव, युवा तथा महिला समूह सञ्जाल लगाएत संघसंस्था समेत सहभागीता रहेको थियोे ।