कैलालीको मोहन्याल गाउपालिकाले जाजरकोटका गएको भूकम्प प्रभावितलाई १३ लाख ५० हजार रकम सहयोग गर्ने भएको छ । गाउपालिकाले जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका रामिडाँडालाई केन्द्रविन्दु बनाएर गएको ६. ४ म्याग्नेच्यूडको भूकम्पमा परि जाजरकोट र रुकुम पश्चिम दुवै जिल्लाका बासिन्दाहरुको अकल्पनीय मानवीय क्षतिप्रति हार्दिक श्रद्धाञ्जली, शोकाकुल परिवार प्रति गहिरो समवेदना र घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
नेपाल सरकारले भुकम्प प्रभावितको राहत, पुनर्निमाण र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवि प्रकोप उद्दारकोषबाट एकद्वार नीतिमा व्यवस्थापन गर्ने योजना बमोजिम मोहन्याल गाउँपालिकाले जनप्रितनिधि, कर्मचारी र शिक्षकको मासिक तलब सुविधाबाट जनप्रतिनिधिको १० दिन, अधिकृतस्तरको कर्मचारीको ५ दिन तलव सहयोग गर्ने भएको छ ।
त्यसैगरी सहायक तथा सहयोगी कर्मचारीको ३ दिन साथै मावि तहको शिक्षकको ५ दिन र अन्य तहको शिक्षकको हकमा ३ दिन बरावरको तलब सुविधा कट्टी गरी हुन आउने कुल रु. १३ लाख ५० हजार रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दारकोषमा जम्मा गर्ने निर्णय गरिएको उपाध्यक्ष कमल साउदले जानकारी दिनुभएको छ ।