पञ्चपुरी नगरपालिकामा आज सवारी सचेतना सम्वधी कार्यक्रम सम्पन्न

सुर्खेत ।
ग्लोवल एक्सन मन्थ तथा अन्तर्राष्ट्रिय बाल दिवशको अवसरमा पञ्चपुरी मा आज सवारी सचेतना सम्वधी कार्यक्रम गरिएको छ । पञ्चपुरी नगरपालिकाको वडा नं २, ९ र ११ मा यात्रुहरुलाई सवारी सचेतना सम्बन्धि जानकारी दिईएको हो । आवाज संस्थाको सहयोग वडा कार्यालय, प्रहरी चौकि, युवा तथा महिला समूह, बजार ब्यवस्थापन समिति लगाएतको समन्वय र बाल सञ्जाको आयोजनामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सहभागीहरुले यातायातका सवारीसाधनमा सवारी दुर्घटना, ट्राफिक नियमको पालना, यातायातका सवारीसाधनमा हुने विभिन्न हिंसाको बारेमा सचेतना, सवारी गति सिमित लगाएतको बारेमा समेत जानकारी दिइएको छ । कार्यक्रममा पञ्चपुरी नगरपालिका वडा नं. २ का अध्यक्ष यामबहादुर बिसीले सवारी सचेतना सबैलाई अति आवश्यक बिषय भएको हुदा यसलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभएको छ ।
सवारी सचेतानाको कमिका कारण दिन प्रतिदिन दुर्घटना बढेको हुदा सबैलाई सचेतना फैलाउन समेत बिसीले आग्रह गर्नुभएको छ । कार्यक्रममा स्थानीय सरोकारवाला निकाय, जनप्रतिनिधि, प्रहरी, बजार ब्यवस्थापन समितिका प्रतिनिधि, बालक्लव, युवा तथा महिला समूह सञ्जाल लगाएत संघसंस्था समेत सहभागीता रहेको थियोे । सहभागीले कार्यक्रममा खाजा रकम बाट जाजरकोटका भुकम्प प्रभावितका लागि १ हजार २ सय रुपैयाँ रेडक्रस शाखा पलैटे मार्फत सहयोग समेत गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...