पञ्चपुरीको बाबियाचौरमा रहेको बिद्याज्योती माद्यामिक बिद्यालयमा आज नया बिद्यालय ब्यवस्थापन समिति गठन गरिएको छ । लामो समयदेखि बिद्यालय ब्यवस्थापन समिति बिहिन रहेको बिद्यालयले आज लोकेन्द्र रावललाइ अध्यक्षमा चयन गरेको छ ।
समितिको सदस्यमा चन्द्र बहादुर सार्की, धनरुपा बि क, अनिता सिंह, भिमराज सापकोटा, नगेन्द्र बहादुर शाही, नर बहादुर बिक, सदस्य सचिब कृष्णप्रसाद सापकोटा रहनुभएको छ ।
नब निबार्चित अध्यक्ष रावलले आफ्नो पहिलो प्राथमिकता बिद्यालयको आर्थिक पारदर्शिता गर्नु रहेको बताएका छन । साथै रावलले निर्वाचन लगतै समितीको बैठक बसि प्राबिधिक बिषय सञ्चालनका लागि पहल गर्ने र बिद्यालयको बिकास र शैक्षिक गुस्तर बृद्धिका लागि सबैसंग सहकार्य गरेर अघि बढ्ने बताएका छन ।