पञ्चपुरी नगर स्तरिय अपांग सञ्जालको साधारणसभा बाबियाचौरमा सम्पन्न,

सुर्खेत ।
पञ्चपुरी नगरपालिका स्तरीय अपांग संजालको बार्षिक साधारणसभा आज बाबियाचौरमा सम्पन्न भएको छ । नगरपालिका भित्र रहेका अपांगता भएका ब्यक्तिहरुको भेलामा १ लाख ७९ हजार ५ सय ६७ रुपैयाँ आय ब्यय समेत प्रस्तुत गरिएको छ ।
साधारणसभा सभामा सहभागीहरुले अपांगता भएका ब्यक्ति हरुलाई स्थानीय तहका विभिन्न कामहरुमा प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै पञ्चपुरी नगरपालिका प्रमुख लालबिर भण्डारीले नगरपालिकाले अपांगता भएका ब्यक्तिहरुको लागि बिभिन्न आय आर्जनका कार्यक्रमहरु समेट्दै आएको बताउनुभएको छ । साथै उहाले नगरपालिकामा हुने हरेक बिकास निर्माण तथा संरचनाहरु अपांगमैत्री बनाउने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
कार्यक्रममा नगर उप प्रमुख मुक्ति रेग्मी, वडा अध्यक्ष नगेन्द्र शाही, रामप्रसाद अधिकारी, हरिप्रसाद ढकाल, कार्यपालिका सदस्य चन्द्रा आले, आइएनएफ सुर्खेतका उदय बहादुर हमाल, संघ संस्थाका प्रतिनिधि लगाएतको सहभागीता रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष राजकुमार कडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...