भूकम्पबाट प्रभावितका लागि पञ्चपुरी नगरपालिकाले ५ लाख सहयोग गर्ने,

174 पटक हेरिएको

सुर्खेतको पञ्चपुरी नगरपालिकाले जाजरकोटमा गएको भूकम्पबाट प्रभावितका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आज आइतवार बसेको नगर कार्यपालिका बैठकले ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको नगरपालिका प्रमुख लालबिर भण्डारीले जानकारी दिनुभयो ।
भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनःस्थापना, पुनःनिर्माण लगायतका काममा सहयोग पु¥याउन नगरपालिकाले जिल्ला बिपद ब्यवस्थापन कोष मार्फत खर्च हुने गरि जाजरकोट जिल्लाका लागि रु ३ लाख र रुकुम पश्चिमका लागि २ लाख गरि जम्मा ५ लाख सहयोग गर्ने नगरपालिकाले जनाएको छ ।
साथै नगर प्रमुख भण्डारीले बिपतको समयमा आ आफ्नो ठाउवाट आबश्यक सहयोग सबैलाइ आग्रह समेत गर्नुभएको छ । नगरपालिकाले मृतक प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको समेत कामना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...