छात्रावास बनाउन जनता बहुमुखी क्याम्पसले देउसी खेल्दै,

बिद्यापुर जनता बहुमुखी क्याम्पसले शैक्षिक बिकास गर्नकाे लाग देउसी भैली अभियान संचालन गरेकाे छ ।

कला, संस्कृतिकाे संरक्षण गर्ने, क्याम्पस, बिद्यालय, अभिभावक, बिद्यार्थी बिचकाे सम्बन्ध सुमधुर गर्ने, भर्ना अभियानलाई सञ्चालन गर्ने, हाम्रो क्याम्पस राम्रो क्याम्पस अभियान सफल बनाउन देउसी खेलिएकाे क्याम्पसले जनाएको छ ।

अहिलेकाे समयमा कात्तिके दानकाे नाममा पैसा ताेकेर माग्ने प्रचलन रहेकाे र अाफु हरुले त्याे नभई क्याम्पसमा भएका सेवा र यसकाे बिस्तार र अभिभावक संग भेटघाट पनि हुने भएको हुदा भैली खेलिएकाे क्याम्पस प्रमुख तिर्थ शाहीले जानकारी दिनभयाे ।

देउसि भैलाेबाट संकलित रकम क्याम्पसकाे छात्रावास निर्माणका लागि लगानी गरिने शाहीकाे भनाई रहेको छ । क्याम्पसले सालकाेट बाबियाचाैर बिद्यापुर लगाएतका बजारमा भैलि खेलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...