सुर्खेत ।
गयराती जाजरकोट केन्द्र बिन्दु भएर गएको ६.४ म्याग्नेच्युडको भुकम्पमा परि घाइते भएकाहरुको उद्दार गर्नको लागि चौकुने गाउपालिकाको एम्बुलेन्स जाजरकोट प्रस्थान गरेको छ । सुर्खेतको पश्चिममा रहेको चौकुने गाउपालिको एम्बुलेन्स स्वास्थ्यकर्मी सहित जाजरकोट पठाएको गाउपालिका अध्यक्ष खड्क बिश्वकर्मा जानकारी दिनुभएको छ ।
अध्यक्षका अनुसार एम्बुलेन्स सहित १५ घरधुरीलाई पुग्ने खाद्यान्न, त्रिपाल, भाडाकुडा, कपडा सहितको सामाग्री पनि पठाएको बताउनुभएको छ । एम्बुलेन्स निरन्तर जाजरकोटमा रहेका घाइतेहरुको उद्दारमा खटिने र स्वास्थ्यकर्मीले नियमित घाइतेको उपचार गर्ने भएका छन ।
बिपदको समयमा सबैको सहयोगको आबश्यकता रहेको बताउदै बिश्वकर्माले स्वास्थ्यकर्मीको साथमा औषधी पनि पठाएको जानकारी दिनुभएको छ । तत्कालका लागि उद्दारमा एम्बुलेन्स पठाएको र थप सहयोगका लागि कार्यापालिका बैठक बसि सहयोगका लागि आवश्यक छलफल र पहल गर्ने उहाले बताउनुभएको छ ।