नेकपा (एमाले ) पञ्चपुरी नगरपालिकाको प्रथम अधिबेशनबाट नगर कमिटी अध्यक्षमा धनबहादुर थापा १०३ मत ल्याएर बिजयी भएका छन । उनका निकटतम प्रतिद्धन्दी भिमबहादुर रावतले १०१ मत प्राप्त गरेका छन ।
त्यसैगरी उपाध्यक्षमा टिका राना १०५, सचिवमा धर्मराज ढुंगाना ११६, उपसचिवमा होम बहादुर राम्जाली १३२ र झक्कि बहादुर सिजापति ८९ मत ल्याएर बिजयी भएका छन । २०५ मतदाता मध्य २०४ मत खसेको थियो ।
हिजो नै भएको चौकुने गाउपालिकाको अधिबेशनमा नेकपा एमाले चौकुने गाउँपालिकाको प्रथम अधिवेशनमा हरि प्रसाद अधिकारी १५२ मत ल्याएर बिजयी भएका छन । उनका प्रतिद्धन्दी धिर बहादुर शाहीले १०५ मत ल्याएर पराजित भएका छन ।
त्यस्तै उपाध्यक्षमा शंकर कामी १२९, सचिवमा केशर नाम्जालि १३९, उप सचिवमा जिवन तिरुवा ८८ र कमला सुनार १२२ मत ल्याएर बिजयी भएका छन ।
त्यसैगरी बराहताल गाउँ पालिका गाउकमिटीको अध्यक्षमा हरिलाल सलामी, उपाध्यक्षमा दुर्गा विष्ट, सचिवमा कुल बहादुर बुचा, उप सचिवमा गज बहादुर के सि र होमराज थापा लगाएत ६१ सदस्यीय कमिटी निर्बिरोध निर्वाचित भएको छ ।