कार्तिक १७ वीरेन्द्रनगर ।
सुर्खेतमा व्यवसायिक रुपमा फुल (पुष्प) खेती गर्दै आएका किसानहरु संगठित भएका छन् । शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न व्यवसायीहरुको भेलाले हिरा वहादुर घर्तीको अध्यक्षतामा नेपाल पुष्प व्यवसायी संघ सुर्खेत गठन गरेको छ ।
जसको उपाध्यक्ष उविसरा थापा, सचिव विनोद शर्मा सहसचिव अशोक चौधरी र कोषाध्यक्ष रुवि आचार्य रहेका छन् । यस्तै सदस्यहरुमा रामप्रसाद भण्डारी, मान वहादुर राना, प्रशुराम धमला, रिता भारती, कृष्ण शर्मा, समिर खत्री, हिमानी कोइराला र रमेश विसी, रहेका छन् ।
व्यवसायिक रुपमा उत्पादन सुरु भएपनि व्यवसायिक समस्या छलफल गर्ने ठाउ तथा समस्या पैरवी गर्ने सस्था नभएकाले आफुहरु संगठित भएको उनीहरुको भनाई छ । एउटै वस्तु उत्पादन गर्दे आएका व्यवसायीहरुको वजारी करणका लागी तथा हक अधिकार संरक्षण गर्नका लागी आफुहरु संगठित भएको अध्यक्ष हिरा वहादुर घर्तीले वताए । सुर्खेतमा नै उत्पादन भएको फुलको प्रयोग गर्न तथा प्लास्टीक जन्य माला आयातमा रोक लगाउन सघले माग गरेको उनको भनाई छ । स्थानीय स्तरमा व्यवसायीले रोजगारीका अवसर सिर्जना गरेकाले सरकारले समेत सहयोग गर्नु भनेको उनको भनाई थियो ।
व्यवसायीक रुपमा उत्पादन भएपनि फुलको वजारमा मुल्य एकरुपता नभएका ले थोक तथा खुद्रा मुल्य निर्धारण गरिएको अध्यक्ष घर्तीले वताए । उपभोक्ताको आवश्यकतालाई मध्यनजर गर्दे थोकमा प्रती केजी २ सय ५० देखी ३ सय सम्म उपलब्ध गराइने उनले वताए । न्युनतम खरिदको आधार वनाएर सो मुल्यमा फुल उपलब्ध गराउने निर्णय गरेका छौ उनले भने ।
स्थानीय व्यवसायीले वाहिर वाट खरिद गर्ने मुल्यमा नै उपलब्ध गराई उपभोक्तालाई समेत सस्तोमा फुल उपलब्ध गराइने उनको भनाई थियो ।
कार्यक्रममा लघु औद्योगिक ग्रामका अध्यक्ष उदीराम डागीले कम लगानीमा उत्पादन वढाउन आग्रह गरे । तिहार लक्षीत मात्रै भन्दा फुलका अन्य उत्पादनका लागी समेत ध्यान दीनु पर्ने वताए । सुर्खेतमा १२ महीना नै फुलको उत्पादन आवश्यक रहेकाले किसानले त्यसतर्फ ध्यान दीनु पर्ने वताए । फुलको प्रयोग वढाई प्लास्टीक जन्य वस्तु घटाउन आफुले सक्दो सहयोग गर्ने उनको भनाई थियो ।
युवा वैज्ञानिक राजेन्द्र विष्टले फुल वाट विभिन्न किसिमका सुगन्धित तेल निर्माण गरिने भएकाले उत्पादन कर्ताले तिहार लक्षित मात्रै नभइ निर्यातका लागी ठुलो मात्रमा उत्पादन गरिनु पर्ने वताए । उत्पादन वढे पछि वजारका लागी समेत सहज हुने भएकाले त्यसतर्फ ध्यान दीन आग्रह गरेका थिए । कार्यक्रमा व्यवसायीक रुपमा फुल खेती गर्दे आएका ३० जना किसानको सहभागिता रहेको थियो ।