सुर्खेतमा भएको काक्रेबिहार गाेल्डकप फुटबल प्रतियोगितामा प्रथम स्थान ल्याउने खेलाडीलाईहरुलाई अाज पञ्चपुरी नगरपालिकाले सम्मान गरेकाे छ ।
खेलाडीलाई बाबियाचाैर बजार देखि र्याली सहित नगर परिक्रमा गराई सम्मान गरेकाे हाे । सम्मान कार्यक्रममा पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्रबहादुर थापाले खेलाडीले खेल अनुशासनमा रहि खेलेकाे र कर्णाली प्रदेशमा पञ्चपुरीका नाम राख्नेको हुदा खेलाडीलाई धन्यवाद दिनुभएको छ ।
साथै उहाले नगरपालिकाले खेलकुद कार्यबिधि पारित गरिसकेको र अब छिटै खेलकुद बिकास समिति गठन गरेर मेयरकप काे तयारी जुट्ने बताउनुभएको छ ।
कार्यक्रममा नगर उप प्रमुख मुक्ति रेग्मीले खेलाडीकाे सम्मान गर्दै पछिल्लो पुस्तालाइ पनि संगै समेटेर खेलकुद बिकासमा जुट्न सबै खेलाडी र नगरवासीलाई अाग्रह समेत गर्नुभएको छ ।
सुर्खेतमा भएको काक्रेबिहार गाेल्डकप फुटबल प्रतियोगितामा आईतबार खेल बराबरीमा रोकिएपछि पेनाल्टी सुट आउटमा एक–एक गोल भएको थियो । खेलमा विवाद भएपछि खेल स्थगित गर्दै एक-एक गोललाई मान्यता दिएर चार/चार गोल मात्रै पेनाल्टीबाट खेलाउने निर्णय गरेको थियो ।
तर शुरूकाे चार/चार गाेल बराबरीमा राेकिएपछि थप एक-एक गाेल हान्न दिएकाे थियाे । दुवै टिमले पाएकाे थप एक गाेलमध्य वीरेन्द्रनगरले गाेलकाे सदुपयाेग गर्न नसक्दा उपाधी पञ्चपुरीले जितेकाे हाे । उपाधिका लागि प्रथम भएको ले एक लाख तथा दोस्रोले पचास हजार नगदसहित टर्फी पाएका छन् ।