बाबियाचौरको ईलाका प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रको काम सुरु,

205 पटक हेरिएको

सुर्खेतको पञ्चपुरी नगरपालिकामा रहेको बाबियाचौर ईलाका प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रको काम सुरु भएको छ । बाबियाचौरको इलाका प्रशासन कार्यालय बाटै काम हुनेगरी राष्ट्रिय परिचयपत्र ईकाइ स्थायी स्टेसन स्थापना भएको छ ।

आज एक औपचारिक कार्यक्रमका बिच राष्ट्रिय परिचय पत्रको प्रमुख जिल्ला अधिकारी नारायण सापकोटाले सुरुवात गर्नुभएको छ । पञ्चपुरी वडा नं ५ का वडा अध्यक्ष नगेन्द्र शाहिको तथ्यांक संकलन गरि औपचारिक रुपमा सुरुवात गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सापकोटाले सुर्खेतको पश्चिम क्षेत्रमा नागरिकले सहज सेवा पाउनको लागि सेवा सुरुवात गरिएको र बाकि रहेका मालपोत तथा नापी लगाएतका कामहरुको पहल गरिने समेत बताउनुभएको छ । साथै उहाले कर्मचारीले सेवाग्राही संग नम्र स्वभावमा सेवा दिनुपर्नेमा समेत जोड दिनुभएको छ ।
अबदेखि पश्चिम सुर्खेतका नागरिकहरु राष्ट्रिय परिचयपत्रको कामका लागि सदरमुकाम जानुपर्ने अबस्थाको अन्त्य भएको छ । राष्टिय परिचय पत्र तथा पञ्जीकरण बिभागले गत साउनमा एक सुचना जारी गर्दै बाबियाचौरबाट सेवा दिने गरी ब्यवस्थापन गर्न निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...