काँक्रेविहार गोल्डकपको उपाधी पञ्चपुरीलाई,

वीरेन्द्रनगरमा जारी काँक्रेविहार गोल्डकप सकिएको छ । वीरेन्द्रनगरस्थित रंगशालामा भएको आइतबारको अन्तिम फाइनल खेलमा विवाद भएपछि उपाधिका लागि आज पेनाल्टीमार्फत खेल भएको हो । पेनाल्टी सुटआउटमा वीरेन्द्रनगरलाइ पञ्चपुरीले पाँचका विरूद्ध ६ गाेल  गरेकाे छ ।

आईतबार खेल बराबरीमा रोकिएपछि पेनाल्टी सुट आउटमा एक–एक गोल भएको थियो । खेलमा विवाद भएपछि हिजो खेल स्थगित गर्दै आयोजकले हिजो भएको एक-एक गोललाई मान्यता दिएर आज चार/चार गोल मात्रै पेनाल्टीबाट खेलाउने निर्णय गरेको थियो ।

तर शुरूकाे चार/चार गाेल बराबरीमा राेकिएपछि थप एक-एक गाेल हान्न दिएकाे थियाे । दुवै टिमले पाएकाे थप एक गाेलमध्य वीरेन्द्रनगरले गाेलकाे सदुपयाेग गर्न नसक्दा उपाधी पञ्चपुरीले जितेकाे हाे । उपाधिका लागि प्रथम भएको ले एक लाख तथा दोस्रोले पचास हजार नगदसहित टर्फी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...