नेपाल निजामती कर्मचारी युनियन पञ्चपुरी नगरपालिका स्तरीय दाेस्राे नगर अधिबेशन आज बाबियाचाैरमा सम्पन्न भएको छ । अधिबेशनमा पञ्चपुरी नगरपालिकामा रहेका काङ्ग्रेस आबद्ध निजामती कर्मचारीकाे सहभागीता रहेकाे थियो ।
भेलाले गंगादेब पुरीकाे अध्यक्षतामा नया कार्यसमिति गठन गरेकाे छ । त्यस्तै उपाध्यक्षमा मिना बिक, भक्तबहादुर बयक र काेषाध्यक्ष तारा बुढा रहनुभएकाे छ भने बाकि समिति बैठक बसेर टुंगो लगाउने समितिले जनाएको छ ।

भेलाकाे शुभकामना दिदै नेपाली काङ्ग्रेसका क्षेत्र नं २ ख का सभापति कृपाराम थापाले निजामती कर्मचारी र नेपाली काङ्ग्रेस पार्टी बिच छलफल भएर पार्टीकाे संगठन बिस्तारमा लाग्नुपर्ने अाबश्यकता अाैल्याउनुभएकाे छ ।
त्यस्तै पञ्चपुरी नगरपालिका उप प्रमुख मुक्ति रेग्मीले निजामती कर्मचारीका हकहितका लागि युनियन सक्रिय भएर लाग्न अाग्रह गर्नुभएको छ । त्यस्तै नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापाले समितिमा सबै क्षेत्र, वर्ण, जातजाति लाई समेटेर समिति वनाउदा संगठन र पार्टी बलियाे हुने बताउनुभयो ।
भेलामा नेपाली काङ्ग्रेसका नगर सभापति नरेन्द्र शाहि, क्षेत्रीय सभापति लालबिर भण्डारी लगाएतले कार्यसमितिकाे सफलताको शुभकामना दिनुभएको छ ।
