समानता साना किसान कृषि सहकारी संस्था लि. पञ्चपुरी ५ सुर्खेतको १० औ बार्षिक साधारणसभा आज बाबियाचौरमा सम्पन्न भएको छ । १ सय २४ वटा समूह रहेको सहकारीको ५ सय ४७ जना शेयर सदस्य रहेका छन । आज सम्पन्न भएको साधारणसभामा सहकारीको ३ करोड ७१ लाख ८६ हजार ३ सय ६३ रुपैया ३२ पैसा बराबरको आय ब्यय सहकारीका प्रबन्धक मनकला बान्तोलाले प्रस्तुत गर्नुभएको छ ।
साधारणसभाको उद्घाटन सत्रमा बोल्दै पञ्चपुरी नगरपालिका उप प्रमुख मुक्ति रेग्मीले सहकारीले महिलाहरुको आयस्तर बृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएको प्रति धन्यवाद समेत दिनुभएको छ । आगामि दिनमा संस्थाको प्रगतिका लागि भवन निर्माण गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष नगेन्द्र शाहीले सहकारीमा पुरुषको पनि सहभागीता गराउन सके थप प्रभाकारी हुने बताउनुभएको छ ।
सहकारीका अध्यक्ष जगत कुमारी थापाले सहकारीको प्रगति प्रतिबेदन र आगामी योजनाको बारेमा समेत जानकारी गराउनुभएको छ । साधारणसभामा उत्कृष्ट वाल बचतकर्ता लक्ष्मी बिसी, ब्यक्तिगत बचतकर्ता खगिसरा ढकाल, उत्कृष्ट ऋणी खड्का कुमारी खनाल र उत्कृष्ट शेयर कर्ता बिष्णुकला रोकायलाई सम्मान समेत गरिएको छ ।
साधारणसभामा जगत कुमारी थापाको अध्यक्षतामा नया कार्यसमिति गठन गरिएको छ । जसको उपाध्यक्षमा मनरुपा कुमारी वलामी, सदस्यमा साबित्रा शाही, चन्द्रा सापकोटा, रम्मा बुढा, बिष्णा बिष्ट,जमुना बौडेल, जैसरा थापा, ममता कञ्चना रहनुभएको छ ।
त्यसैगरी निर्मला थापाको संयोजकत्वमा कमला बिसी र पुष्पा खनाल रावल सदस्य रहने गरि लेखा सुपरिक्षण समिति समेत गठन गरिएको छ । साधारणसभा सहकारीका अध्यक्ष जगत कुमारी थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।