१३ कार्तिक, सुर्खेत ।
सुर्खेतको पञ्चपुरी नगरपालिकाले देउडा गायिका गौरी भट्टलाई सम्मान गरेको छ। नगरपालिकाको पर्यटन प्रवर्द्धनका लागि तयार गरिएको गीत “सुन्दर पञ्चपुरी सम्पदाको खानी” बोलको गीतमा स्वर दिएकी भट्टलाई नगरपालिकाले पञ्चपुरी नगरपालिकाले सम्मान गरेको हो । अमर कार्कीको शब्दलेखन तथा गायक खगेन्द्र विश्वकर्मा र गौरी भट्टको स्वर रहेको गीतमा पञ्चपुरी भित्रका पर्यटन, शिक्षा, खानेपानी, पशुपालन, कृषि, रीतिरिवाज, संस्कृतिलाई समेटिएको छ ।
सम्मान कार्यक्रममा पञ्चपुरी नगरपालिका उपप्रमुख मुक्ति रेग्मीले भट्टको गायन क्षेत्रकाे थप प्रगतिको कामना समेत गर्नुभएको छ। साथै उहाँले गीत मार्फत पञ्चपुरीलाई देश तथा विदेशमा प्रचारप्रसार गर्न सहयोग गर्नुभएकोमा धन्यवाद समेत दिनुभएको छ। सम्मान ग्रहण गर्दै गायिका भट्टले पञ्चपुरीको गीतलाई स्वर दिन पाउँदा आफै भाग्यमानी भएको र सम्मानका लागि नगरपालिका टिमलाई धन्यवाद समेत दिनुभएको छ।