भक्तडीका प्रत्येक घरमा निजी धारा, मेयर र सांसद पुगेर उद्घाटन,

सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं ७ भक्तडीका नागरिकले अब खानेपानीको समस्या भाेग्नु नपर्ने भएको छ । पिउने पानीको जाेहाे गर्नका लागि करिव १ घण्टा भन्दा बढि हिड्नु पर्ने बाध्यता हटेपछि भक्तडीका नागरिक हरु खुसि भएका छन ।

पञ्चुरी नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापा, कर्णाली प्रदेस सभा सदस्य बिन्दमान बिष्ट, वडा अध्यक्ष, सुन्दर नेपाल संस्थाका कर्मचारी लगाएत राजनीति दल तथा स्थानीय नागरिकहरुले खानेपानीकाे उद्घाटन गरेका हुन ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख थापाले पञ्चपुरीकाे खानेपानी समस्या समाधान गर्न धेरै ठाउमा लिफ्ट खानेपानी संचालनका लागि स्थानीय तहबाट काम भएको जानकारी दिनुभयो । साथै थापाले आयाेजना दिगाे बनाउन स्थानीय आफै अग्रसर हुन अाबश्यक रहेकाे बताउनुभयो ।

त्यस्तै प्रदेश सभा सदस्य बिष्टले सुर्खेत पश्चिमका अधिकांश बस्तिमा खानेपानीको समस्या जटिल रहेकाे बताउनुभएको छ । चुनावको समयमा सबैलाई शुद्ध खानेपानी ब्यवस्थापन गर्ने भनिएता पनि अहिले ८० प्रतिसत मात्र काम भएको बताउनुभएको छ । साथै बिष्टले अायाेजना दिगाे बनाउन कर्णाली प्रदेशले पनि सहयोग गर्ने बताउनुभएको छ ।

पञ्चपुरी नगरपालिका, कर्णाली प्रदेश सरकार, साेलार मुस परियाेजना, सुन्दर नेपाल संस्था र स्थानीय समुदायकाे नगद तथा जनश्रमदान गरि ९५ लाख ९१ हजार ९ सय ११ रुपैयाँको लागतमा खानेपानी सम्पन्न भएको छ । दिर्घायु कन्ट्रक्सनले संरचना निर्माण, ईलेक्ट्राेकल सुर्याेदय उर्जाले जडानकाे काम गरेको हाे ।

आयाेजनामा अहिले ८२ ओटा निजी र ३ अाेटा संस्थागत धाराहरु संचालनमा रहेका छन । स्थानीय बिद्याज्याेति प्राथमिक बिद्यालयका प्रधानाध्यापक गिता कुमारी आचार्यले बिद्यालयमा पानी खान पाउँदा बालबालिका खुसि र बालबालिका हरु सरसफाइमा जुटेकाे बताएकी छन ।

पानी नभएकै कारण कहिलेकाही खाना पकाउन गाह्राे हुने, सरसफाइ कम हुने,कहिलेकाही ढिलाे जानुपरेको उनकाे भनाइ रहेकाे छ । कार्यक्रममा खानेपानी निर्माणमा याेगदान पुर्‍याउने भवानी प्रसाद सिग्देल लाई दाेसल्ला ओढाएर सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...