१० कार्तिक, सुर्खेत ।
महिला शसक्तिकरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पञ्चपुरी ५ बाबियाचौर सुर्खेतको तेस्रो वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । साधारणसभामा ३० लाख ७६ हजार ३४० रुपैया बराबरको आय ब्यय प्रस्तुत गरिएको छ । सहकारीका कोषाध्यक्ष दिपा तामाङ बुढा लेआर्थिक वर्ष २०८०/०८१ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पञ्चपुरी नगरपालिका पुर्व नगर प्रमुख उपेन्द्र बहादुर थापाले सहकारीमा रहेका सेयर सदस्यहरूले सहकारीप्रति जिम्मेवार बन्नुपर्ने बताउनुभयाे ।
साधारणसभामा भिमबहादुर रावत, भुपेन्द्र सिजापति , जगत कुमारी थापा, महेन्द्र प्रसाद थारु लगाएतले शुभकामना समेत दिनुभएको थियोे । साधारणसभामा जेष्ठ नागरिक शेयर सदस्य दुई जना हरिकला भण्डारी र जाेगादेवी बयक लाई पनि सम्मान गरेको छ । निर्मला सिंहले सञ्चालन गरेको कार्यक्रम सहकारीका अध्यक्ष बिष्णा सावदको अध्यक्षतामा सम्पन्न भएको हाे ।