नेकपा ( एकीकृत समाजवादी ) काे पार्टी कार्यालय उद्घाटन,

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पञ्चपुरी नगर कमिटी को पार्टी कार्यालय उद्धघाटन भएको छ । कार्यक्रममा प्रमुख अतिथी बडुवालले रिवन काटेर कार्यलयको उद्धघाटन गर्दै, नेपाली कम्युनिस्ट आन्दोलन यतिबेला अत्यन्त जटिल अबस्थामा रहेको र अब नेकपा एकीकृत समाजवादी पार्टीले यसको नेतृत्व गर्दै नेपाली जनता र राष्ट्रको हितको निम्ति काम गर्दै विशाल कम्युनिस्ट पार्टी निर्माण गर्ने अभियानमा यो पार्टी लाग्ने बताउनुभयो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेकपा एकीकृत सुर्खेत जिल्ला कमिटी अध्यक्ष मोहन बडुवालको उपस्थिति रहेको थियो भने अन्य अतिथिका रूपमा नेकपा एकीकृत समाजवादी प्रदेश कमिटी सदस्य मन बहादुर बिक ,पदम रावल जिल्ला कमिटी सचिवालय सदस्य तथा पञ्चपुरी नगर कमिटी इन्चार्ज प्रेम राज ढुंगाना,युवा संघ नेपाल केन्द्रिय सचिवालय सदस्य कमल कृष्ण पौडेल,जिल्ला कमिटी सदस्य हरु प्रकाश सलामी,छबिलाल सापकोटा,सिद्धार्थ शाही,मान बहादुर बयक,नवराज सापकोटा,खगेन्द्र सुनार,तेज बहादुर रोकाय,महेन्द्र शाही,उपेन्द्र शाही युवा संघ नेपाल कर्णाली प्रदेश कमिटी सदस्य दिलिप कंडेल,देव बहादुर रोकाय,अनेरास्ववियु जिल्ला कमिटी सुर्खेतका अध्यक्ष सन्देश कंडेल अनेरास्ववियु जिल्ला कमिटी सुर्खेतका सदस्य जनक बिष्ट को उपस्थित रहेको थियो ।
कार्यालय उद्धघाटनमा युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य कर्णाली प्रदेश कमिटी सचीव कमल कृष्ण पौडेलको नेतृत्वमा मोटरसाइकल र्याली समेत गरिएको थियो । कार्यक्रम नगर कमिटी अध्यक्ष रमेश बौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...