८ कार्तिक, सुर्खेत
पञ्चपुरीको बाबियाचौरमा आजदेखि सञ्चालन हुने बृहत पञ्चपुरी खेलकुद तथा सांस्कृतिक महोत्सव २०८१ को तयारी पुरा भएको छ । आज बिहान ११ बजे उद्घाटन हुने महोत्सवमा विभिन्न झाँकी तथा सांस्कृतिक कार्यक्रमहरू रहने आयोजकले जनाएको छ । पञ्चपुरी कलाकेन्द्रको आयोजना तथा उद्योग वाणिज्य सङ्घ उपशाखा बाबियाचौर र बजार व्यवस्थापन समिति बाबियाचौरको सहआयोजनामा महोत्सव सञ्चालन हुने भएको छ ।
कार्तिक ८ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा थुप्रै राष्टिय तथा स्थानिय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सव अवधिमा खेलकुद कार्यक्रम, बाल उद्यान लगायत विभिन्न मनोरञ्जनका सामानहरू राखिएको छ । महोत्सवले पश्चिम क्षेत्रको पर्यटनमा थप टेवा पुग्ने आयोजकको भनाइ रहेको छ ।
![](https://subhasandesh.com/wp-content/uploads/2025/01/473798739_1001753538638573_7414832204645538470_n-300x200.jpg)