बाबियाचौर च्यालेन्ज कप फुटबल प्रतियोगिता उपाधी चिसापानीलाइ,

305 पटक हेरिएको

बाबियाचौर स्पोर्ट्स क्लबको आयोजना कार्तिक २ गते देखि सुरु भएको  चौथो बाबियाचौर च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधी सृजनशील युथ क्लब (CYC) चिसापानीले हात पारेको छ ।

आज भएको साथी खोर्के युवा क्लब (SKY ) र सृजनशील युथ क्लब (CYC) बीरेन्द्रनगर बिचको फाइनल खेलमा ० का बिरुद्ध २ गोल गर्दै सृजनशील युथ क्लब (CYC) चिसापानी प्रथम भएको हो । खेलको दोस्रो हाफमा सृजनशील युथ क्लब (CYC) चिसापानीका दिपेश आले मगरले ६५ औं मिनेटमा गोल गर्दै खेललाइ अग्रता दिलाएका थिए । त्यस्तै खेलको ८० औ मिनेटमा चिसापानीकै कर्म शेर्पाले थप १ गोल गरेका हुन ।

प्रतियोगिताको समापन गर्दै नगर प्रमुख लालबीर भण्डारीले खेलका बिजेता तथा उप बिजेता टिमलाइ बधाइ समेत दिनुभएको छ ।

प्रतियोगिताको प्रथम हुने सृजनशील युथ क्लब (CYC) चिसापानीले ४ लाख ७१ रुपैया मेडल तथा प्रमाण पत्र तथा उप बिजेता साथी खोर्के युवा क्लबले २ लाख ७१ रुपैया मेडल तथा प्रमाण पत्र पुरस्कार प्राप्त गरेको छ । खेलकुद बाबियाचौर स्पोर्टस क्लवका अध्यक्ष बिरेन्द्र रावलको अध्यक्षतामा समापन गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...