सुर्खेतमा बम विस्फोट हुदा दुई जना घाइते,

सुर्खेतको वीरेन्द्रनगर–७ मा रहेको कट्कुवा सामुदायिक वनमा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।

कट्कुवा सामुदायिक वनमा बिहान भएको बम विस्फोटमा परेर घाँस काट्न गएका दैलेखको गुराँस गाउँपालिका–६ की २१ वर्षकी लीला नेपाली र उहाँका भाइ १४ वर्षका नरेश नेपाली घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाइते दुवै जनाको देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ ।

बेवारिसे अवस्थामा रहेको बम विस्फोट भएको र थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...