पाँचौँ बाबियाचौर च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा बराहताल र पञ्चपुरी भिड्दै

1,384 पटक हेरिएको

६ कार्तिक, सुर्खेत ।
पञ्चपुरीको बाबियाचौरमा जारी पाँचौं बाबियाचौर च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई टोली बीच प्रतिस्पर्धा हुने भएको छ । रोयल एफसी बिरेन्द्रनगर सुर्खेतलाई पराजित गर्दै सफलता क्लब बराहताल गाउँपालिका ५ को टिम फाइनल प्रवेश गरेको छ भने तातापानी युवा क्लबलाई पराजित गर्दै बाबियाचौर स्पोर्ट्स क्लब आयोजक फाइनल प्रवेश गरेको हो ।
कार्तिक २ गतेदेखि सुरु भएको फुटबल प्रतियोगिताको फाइनल खेल भोलि बिहान ११ बजे औपचारिक कार्यक्रम पछि बाबियाचाैर स्पोर्ट्स क्लब र सफलता युवा क्लब बड्डीचौर बीच हुने भएको छ । ४ लाख ५५१ रुपैयाँ पुरस्कार राशि रहेको प्रतियोगितामा दोस्रो हुने टिमले दुई लाख ५५१ रुपैयाँ पाउने भएको छ ।
दुवै टिम बलियो भएको हुँदा भोलि हुने फाइनल खेल निकै महत्वका साथ हेरिएको छ । समापन कार्यक्रमको प्रमुख अतिथिको रूपमा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी रहने आयोजकले जनाएको छ ।

  • सच्याईएकाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...