महाकालीमा नौ दशकयताकै ठूलो बाढी,

महाकाली नदीमा मंगलबार नौ दशकयताकै ठूलो बाढी आएको छ । शारदा ब्यारेजको बनबासा पुल बनेयताकै सबैभन्दा ठूलो बाढी मापन गरिएको शारदा व्यारेजमा रहेका भारतीय कर्मचारीले बताएका छन् ।

ती कर्मचारीका अनुसार मंगलबार दिउँसो २ बजे महाकालीमा पानीको बहाव ५ लाख ४७ हजार २२४ क्युसेक मापन गरिएको छ । यसअघि २०७० मा ५ लाख ४४ हजार ४७६ क्युसेक मापन गरिएको थियो । नदीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बस्तीहरु जलमग्न बनेका छन् ।

भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका दुवैतर्फका नदी किनारका बस्तीहरुमा बाढी पसेको छ । भीमदत्त नगरपालिका ११, १२ र १३ का आधा दर्जन बढी बस्तीहरु डुबेका छन् । यसैगरी दोधारा चाँदनी वडा नं. ८ सुन्दरनगर र वडा नं. १० कुतियाकभर डुबानमा परेका छन् ।

सन् १९२८ मा निर्माण भएको शारदा ब्यारेजमा १९३४ मा महाकालीमा ठूलो बाढी आएको थियो । त्यतिबेला पानीको बहाव ५ लाख २२ हजार क्युसेक पुगेको थियो । दिउँसो पछि भने बाढी घट्न थालेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ३ बजेको मापनअनुसार पानीको बहाव ५ लाख ३३ हजार क्युसेक पुगेको छ ।

शारदा ब्यारेजका क्षमता ६ लाख ४४ हजार क्युसेक हो । बाढी खतराको सतह पार गरेपछि शारदा ब्यारेजमा उच्च सतर्कता अपनाइएको छ । सर्वसाधारणलाई हिँड्डुल बन्द गरिएको छ । ekantipur

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...