बाढीले कैलालीका ५० घर डुबानमा,

कैलालीमा कर्णाली नदीमा आएको बाढी गाउँ पसेको छ । जिल्लाको जानकी गाउँपालिका–९ पाताभारमा रानीजमरा कुलरिया सिँचाई आयोजनाले निर्माण गरेको नहरबाट पानी ओभर भएर बस्तीमा पसेको स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले नदीको पानी बस्तीमा पस्दा झण्डै ५० घर डुबानमा परेको जानकारी दिए।

डुबानमा परेका घरमा बसेका मानिसलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको छ भने कर्णाली नदीले रानीजमरा कुलरिया सिँचाई आयोजनामा पनि क्षति पुगाएको छ ।

जोशीका अनुसार नदीमा पानीको बाहव बढ्दा जानकी गाँउपालिका-९ को पुर्वी खैरीफाँटास्थित रानीजमरा कुलरिया सिँचाई आयोजनाले निर्माण गरेको नहरमाथी बनेको चार वटा सल्यापमा क्षति गरेको छ भने पूर्व तिरको पुलको सल्याप भत्केर आवतजावत पूर्ण रुपमा बन्द भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...