पश्चिम सुर्खेतको बाटो निर्माण नहुदा सम्म निरन्तर अनुगम गर्छुः उपसभापति खड्का

132 पटक हेरिएको

३ कार्तिक, सुर्खेत ।
नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुर्खेत पश्चिमको सडकको लागि आफूले चिन्ता चासो दिएको बताउनु भएको छ । बाबियाचौर स्पोर्ट्स क्लबले आयोजना गरेको पाँचौं बाबियाचौर च्यालेन्ज कप २०८१ को उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो । पश्चिम क्षेत्रको सडक धेरै समयदेखि निर्माणाधीन अवस्थामा रहेकोले अब निरन्तर रुपमा बाटोको प्रगतिको बारे बुझ्न आफू अनुगमनमा आइरहने समेत बताउनुभएको छ ।


बड्डीचौरदेखि खम्मगाडेसम्म सडक मर्मतको कारणले खाल्डाखुल्डी भएको ठाउँमा एक हप्ताभित्र गाडी सहजै ओहोरदोहोर गर्ने बनाउन पहल गरेको समेत बताउनुभएको छ । साथै उहाँले पश्चिम सुर्खेतमा बन्ने प्रहरी तालिम केन्द्र प्रक्रियामा रहेको हुँदा त्यसको ठोस निर्णय नहुँदासम्म आफूले प्रतिक्रिया नदिने समेत बताउनु भएको छ । आफू सधैँ जनताको काम र विकासप्रति उत्तरदायी भएको बताउँदै उहाले आफ्नो नाम जोडेर कसैलाई राजनीति नगर्न समेत आग्रह गर्नुभएको छ । उपसभापति खड्काले अबको केही समयमै बाबियाचौरमा मालपोत तथा नापी कार्यालय स्थापना हुने समेत बताउनुभएको छ ।


उद्घाटन कार्यक्रमका विभिन्न अतिथिहरूले पश्चिम क्षेत्रमा बाटो बिजुली लगायत थुप्रै समस्या रहेको हुँदा यसतर्फ खड्काको ध्यानाकर्षण समेत गराएका छन् । बाबियाचौर स्पोर्ट्स क्लबले आयोजना गरेको फुटबल प्रतियोगितामा पहिलो चरणका खेलहरु सञ्चालन भइरहेका छन् । १३ वटा टिमले सहभागिता जनाएको प्रतियोगितामा उद्घाटन खेलमा बाबियाचौर स्पोर्ट्स क्लब निलोलाई पञ्चपुरी स्पोर्ट्स क्लबले ० विरुद्ध १ गोल गर्दै जित निकालेको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ४ लाख ५५१ रुपैयाँ र दोस्रो हुनेलाई २ लाख ५५१ पुरस्कार प्रदान गरिनेछ । उद्घाटन कार्यक्रम क्लबका अध्यक्ष वीरेन्द्र रावलको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...