पञ्चपुरी नगरपालिकाको ३ ओटा बजार क्षेत्रमा सरसफाइ,

पञ्चपुरी नगरपालिका सुर्खेतको आयोजनामा नगरपालिकामा रहेका ३ ओटा बजार क्षेत्रमा सरसफाइ सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिकाको वडा नं २ पलैटे बजार वडा नं ५ को बाबियाचौर वजार र वडा नं ९ को बिद्यापुर बजार सरसफाइ गरिएको छ ।

नगरपालिका प्रमुख, उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा उक्त क्षेत्रमा सरसफाइ गरिएको हो । सरसफाइ कार्यक्रममा स्थानीय राजनीतिक दल, प्रहरी, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, बजार ब्यवस्थापन समिति, जनप्रतिनिधि लगाएतको सहभागीता रहेको थियोे ।

सरसफाइ अभियानमा बजार क्षेत्रका फोहोर ब्यवस्थापनको लागि गाडिको ब्यवस्थापन गरिएको र फोहोर जथाभावी नगर्न सबैलाई सुझाव समेत दिइएको छ । आगामी दिनमा सरसफाइ अभियान निरन्तर रहने नगरपालिकाले जनाएको छ । अभियानमा आवाज संस्था, कारितास नेपाल लगाएतका संस्थाको सहयोग रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...